सुनकोसीमा वेपत्ताको खोजी पाँचौं दिन पनि जारी

जेष्ठ २३, २०८० | सिन्धुली

सुनकोसीमा जीप दुर्घटना हुँदा वेपत्ता भएका सीटीइभीटीका अधिकारीहरुको खोजी आज पाँचौं दिन जारी छ । नदीलाई थुनेर पानीको वहाव अर्कोतर्फ मोडी वेपत्ताहरुको खोजी बिहानैबाट सुरु गरिएको प्रहरीले जनाएको छ । घटनास्थल वरपर कोशीको पानी ठाडो बगेकाले करेण्ट बढी हुने हुँदा गहिराइमा पुगेर खोज्न समस्या भएको गोताखोरले बताएका छन् ।

नदिको धार परिवर्तन गर्न चारवटा स्काइभेटर, तीनवटा डोजर, पाँचवटा टिफर र ट्यााक्टर लगाएर पानीका वहाव अर्कोतर्फबाट फर्काउन प्रयास भैरहेको छ । कोशीमा रातीको समय पानीको मात्रा बढ्ने भएकाले दिउँसै काम सक्ने गरि सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद व्यवस्थान सहित चार टोलीले खोजी कार्य जारी राखेको हाम्रा सहकर्मीले जनाएका छन् ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जिप गत शुक्रबार मध्यान्ह मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको लौकुन भन्ने स्थानमा दुर्घटना भई सुनकोसी नदीमा खसेको थियो । जीपमा सवार सीटीइभीटीका प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्त्तेल र विद्युत प्राविधिक अधिकृत भानु पौडेल वेपत्ता छन् । चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल भएका थिए । 


प्रतिक्रिया