कोशी प्रदेश सरकाद्वारा वार्ता टोली गठन

जेष्ठ २४, २०८० | मोरङ

कोशी प्रदेश सरकारले प्रदेश नामाकरणको विरोधमा उत्रिएको पहिचान पक्षधरसँंग वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्वो, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला हुनुहुन्छ । 

यसअघि मुख्यमन्त्री हिक्मत कार्कीले जेठ १५ गते पहिचान पक्षधरलाई वार्ताका लागि आहृवान गर्नुभएको थियो । ९३ सदस्यीय प्रदेशसभाबाट ८२ सांसदको समर्थनमा गत फाल्गुन १७ गते कोशी प्रदेश नामाकरण गरिएको थियो । 


प्रतिक्रिया