लुम्बिनी प्रदेश सभाको बैठक शुक्रबारका लागि सर्‍यो

जेष्ठ २४, २०८० | रुपन्देही

लुम्बिनी प्रदेश सभाको बैठक पर्सि शुक्रबारसम्मका लागि सरेको छ । लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले सूचना प्रकाशित गर्दै भोलिका लागि आहृवान गरिएको प्रदेश सभाको बैठक पर्सि शुक्रबारका लागि सारिएको जानकारी दिनु भएको हो ।

प्रदेश सभाको बैठक विशेष कारणले स्थगित भएको सूचनामा उल्लेख छ । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ । असार १ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था रहेकाले त्यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सरकारले तयारी गरेको हो ।


प्रतिक्रिया