कालीकोटमा जीप दुर्घटना, दूई जनाको मृत्यु

फाईल फोटो  

जेष्ठ २५, २०८० | कालीकोट

कालीकोटको रास्कोट नगरपालिका २ सेराचौरमा आज विहान भएको जीप दुर्घटनामा दूई जनाको मृत्यु भएको छ ।

 रास्कोटबाट मान्म जाँदै गरेको जीप दुर्घटनामा परी रास्कोट १ सिप्खानाका ४३ वर्षीय मनवहादुर शाही र उनकी पत्नी ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको हो ।

 दुर्घटनामा सोही वडाकी ३० वर्षीया रिता शाही सिंह घाइते भएको कालीकोटका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । घाइते सिंहलार्ई थप उपचारको लागि हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया