गर्मी बढेसंगै एक हप्ताका लागि विद्यालय बन्द

जेष्ठ २६, २०८० | तनहुँ

केही दिनदेखि गर्मी बढेसंगै तनहुँका दुई पालिकाले एकसाताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गर्मीका कारण पठन–पाठनमा समस्या भएको बताउँदै आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले सूचना प्रकाशन गरी पालिकाभित्र सञ्चालित सबै विद्यालय आइतबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

अत्यधिक गर्मी बढ्दै जाँदा विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले वर्षे बिदाबाट कट्टि हुने गरी सबै विद्यालयहरु जेठ २८ गतेबाट एक साता बन्द गर्न निर्देशन दिएको दुबै पालिकाले जनाएका छन् ।  


प्रतिक्रिया