भारतीय नंबर प्लेटको सुमो दुर्घटना

जेष्ठ २७, २०८० | धनकुटा

धनकुटामा दुर्घटनाग्रस्त गाडीबाट प्रहरीले गाँजा बरामद गरेको छ । सो घटनामा ३ जना घाईते भएका छन । धनकुटाको हिलेबाट धरान तर्फ आउंदै गरेको भारतीय नम्वर प्लेटको गाडी शुक्रवार दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन् ।

टाटा सुमो गाडी कोसी राजमार्गको धरान–धनकुटा खण्डको धनकुटा नगरपालिका ९ स्थित खुरिलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा सवार धनकुटा नगरपालिका ४ स्कुलडाँडाकी १९ वर्षिया प्रिस्किला तामाङ, मोरङको जहदा गाउँपालिका ३ भातिगडा टोलका अजय महला र जहदा ४ का सुरेश मुखिया घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये गम्भीर घाईते तामाङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्यान्टिलेटरमा राखि उपचार भइरहेको छ ।

सामान्य घाईत अजय महला र सुरेश मुखियालाई जिल्ला अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाग्रस्त गाडीमा एक सय केजी बढिको तयारी अवस्थाको गाँजा फेला परेको प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो । दुर्घटना ग्रस्त सुमो गाडीको छतको भित्रि भाग, चालक बस्ने सीट अगाडी र चेसिज रहेको भागमा लुकाएर राखिएको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको डीएसपी कुँवरले बताउनुभयो । 


प्रतिक्रिया