खोलामा डुबेर दुईको मृत्यु

जेष्ठ ३०, २०८० | नेपालगन्ज

नेपालगञ्जमा गर्मी छल्न खोलामा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएको छ । बाँके र बर्दियाको सीमानामा पर्ने मानखोलामा पौडी खेल्न गएका बाँके खजुरा गाउँंपालिका वडा नम्बर ६ पुरैनाका १८ वर्षीया लक्ष्मी डांगी र ९ वर्षका बालक किरण नेपालीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लक्ष्मीको शब डुबेको केहीबेर मै भेटिएको र किरणको शब भने दुई घण्टापछि भेटिएको खजुरा ईलाका प्रहरी कार्यालय, धनौलीका ईन्चार्ज सन्दीप बेल्वासेले जनकारी दिनुभयो । गर्मी छल्न भन्दै स्थानीय ४ जना खोलामा पौडी खेल्न गएका थिए ।


प्रतिक्रिया