पार्टी जोगाउन सभापति देउवाले विकल्प दिनुपर्छ : महामन्त्री थापा

जेष्ठ ३०, २०८० | मोरङ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी जोगाउनका लागि सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने बताउनुभएको छ । विराटनगरमा पत्रकारसँगको कुराकानीमा महामन्त्री थापाले आम कार्यकर्ता, शुभेच्छुक, समर्थकको चाहना र देशको आवश्यकता अनुसार सभापतिले छिटो नेतृत्वबाट हट्नुपर्ने बताउनुभएको हो । अब पनि आफूले पार्टीको नेतृत्व नगरे पार्टी रहँदैन भन्ने मानसिकता सभापतिले त्याग्नुपर्ने महामन्त्री थापाको भनाई छ ।

महामन्त्री थापाले पार्टीलाई आवश्यक भएको नयाँ नेतृत्वका लागि आफूले प्रयत्न गरिरहेको र त्यसमा कुनै किसिमको नाफा र घाटाको हिसाब नगर्ने बताउनुभयो । उहाँले पार्टीभित्र नेतृत्व परिवर्तन पक्षमा आफू लागेको उल्लेख गर्नुभयो । महामन्त्री थापाले नेता शेखर कोइरालासँगको सम्बन्धमा फेरबदल नभएको दावी समेत गर्नुभयो । 


प्रतिक्रिया