नागरिकताविहीनहरुको पक्षमा सत्याग्रह गर्ने घोषणा

जेष्ठ ३१, २०८०

संविधानसभा सदस्यतथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्कापूर्व अध्यक्षमाओवादी केन्द्रका नेता रामकुमार शर्माले नागरिकताविहीनहरुको पक्षमा असार १ गतेदेखि सत्याग्रहमा बस्ने घोषणा गर्नु भएको छ । शर्माले आज पत्रकार सम्मेलन गरि संविधानजारी भएको आठ वर्ष बितीसक्दा पनि नागरिकता जस्तो महत्वपूर्ण विषयमा कानुन बन्न नसक्नु दु:खद भएको उल्लेख गर्दै असार १ गते अपरान्ह १ गतेदेखि माइतीघर मण्डलामा सत्याग्रहमा बस्ने घोषणा गर्नु भएको हो । 

नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीतिक दलहरुले राजनीतिसंग जोडेर अनावश्यक झमेला खडा गरेको उहाँको भनाई थियो । नागरिकता सम्बन्धी समस्यालाई समयमै सम्बोधन नगरे, मुलुक द्वन्दमा जान सक्ने उहाँले चेतावनी पनि दिनुभयो । नागरिकताविहीनहरु आत्मदाह गर्न थालेको, नागरिकता मांग गर्दै दैनिक प्रदर्शन हुन थालेको पनि उहँले उल्लेख गर्नुभयो । 

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दुई पटक दुबै सदनबाट पारित भएर गएको नागरिकता विधेयक होल्ड गर्नु गैर संवैधानिक तथा संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको उहाँको आरोप थियो । शर्मा यस अघि भिठामोर–जनकपुर सडक निर्माणमा भई रहेको ढिलाईको बिरोधमा महोत्तरीको पिपरामा ९ दिन तथा आधुनिक जनकपुर निर्माणको मांग राखि जनकपुरको जनकचौकमा १६ दिन सत्याग्रह बसीसक्नु भएको छ । 


प्रतिक्रिया