रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु

फाईल फोटो  

असार २, २०८० | रौतहट

रौतहटको बौधीमाई नगरपालीका ५ कोपवा टोलमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । कोपवा टोलका ३० बर्षिय अरुणकुमार साह र २८ बर्षीय पण्डित कुम्हालको मृत्यु भएको हो ।

धारमा पानी थाप्ने क्रममा गए राति करेन्ट लगेर घाईते भएका उनीहरुको उपचारको क्रममा सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोपवाका सइ परमानन्द यादबले बताउनुभयो ।

मृतक अरुणले किराना र पण्डितले पान पसल सञ्चालन गर्दै आएका थिए । अरुणको घरको धारामा पानी लिन जाँदा अचानक करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको हो । 


प्रतिक्रिया