प्रदेश सरकार र पहिचान पक्षधरको वार्ता निष्कर्ष विहिन

असार ४, २०८०

प्रदेश १ पुन: नामकरण संयूक्त संघर्ष समिति र प्रदेश सरकारले गठन गरेको वार्ता टोलीबीच विराटनगरमा भएको वार्ता पुन: बस्ने गरि बिना निष्कर्ष टुंगिएको छ । ५ घण्टासम्म चलेको वार्ता बिना निष्कर्ष टुंगिएको हो । वार्ता टोलीका संयोजक उर्जा, खानेपानी तथा सिंचाइमन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सौहाद्रपूर्ण रूपमा भएको र निष्कर्षमा पुग्न पुन: बस्ने सहमतिसहित आजको वार्ता टुंगिएको बताउनुभयो । 

दुबै पक्षका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेर एजेण्डा तयार गरी वार्तामा बसेका थिए । खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वको सरकारी वार्ता टोलीमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् । आन्दोलनरत पक्षका वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगू छन् ।

फागुन १७ प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ पारित गरेदेखि नामकरणविरुद्ध पहिचान पक्षधर आन्दोलित छन् ।


प्रतिक्रिया