गैंडाकोटमा पानीको रहमा डुबेर दुई बालकको मृत्यु

फाईल फोटो  

असार ९, २०८० | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको गैंडांकोटमा सिँचाइका लागि जम्मा गरिएको पानीको रहमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका ४ झपर्दीका १३ वर्षका प्रतिक परियार र १५ वर्षीय प्रविन श्रेष्ठको गएराती डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपारसीका प्रहरी नायब उपरिक्षक देव बहादुर पौडेलले बताउनुभयो ।

अत्यधिक गर्मि भएपछि नुहाउन भन्दै गैंडाकोट नगरपालिका ३, तात्रीबासमा सिँचाइका लागि जम्मा गरिएको पानीको ड्याममा डुबेर उनीहरुको गएराती मृत्यु भएको हो । पछिल्लो २ महिनामा पूर्वी नवलपरासीमा डुबेर ६ जनाको मृत्यु भएको छ ।  


प्रतिक्रिया