समाजवादी मोर्चा गठनले देउवा खुशी हुनु भयो–अध्यक्ष नेपाल

असार १०, २०८०

एकिकृत समाजबादीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजबादी मोर्चा गठनबाट नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा खुशी भएको बताउनुभएको छ । गृह जिल्ला रौतहट पुगेका अध्यक्ष नेपालले गौर नगरपालीकाको १२ औ नगरअधिवेशनको उद्धघाटन समारोहमा बोल्दै समाजबादी मोर्चा गठनले केहीको होस हबास उडेको र सिंगापुर पुगेर कांग्रेस अध्यक्ष देउवाले समेत मोर्चाको बिरोध गरेको भनेर सञ्चारमाध्यममा झुठो समाचार आएको बताउनुभयो । 

कांग्रेस अध्यक्ष देउवाले भेटेर समाजबादी मोर्चा गठन गरेको सुनेर अत्यन्त खुशी भएको आफुलाई प्रतिक्रिया दिएको उहाँको भनाई थियो । अध्यक्ष देउवाले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने सुझाव दिएको अध्यक्ष नेपालले उल्लेख गर्नुभयो । मोर्चा गठनले केहीको निन्द हराम भएको र केहीलाई परेसान गरेको उहाँको भनाई थियो । नेता नेपालले बृन्दावनको नगरसभाको समेत उद्धघाटन गर्नु भएको छ । 


प्रतिक्रिया