अस्थायी रुपमा खुल्यो मेची राजमार्गका फिदिम ताप्लेजुङ खण्ड

फाइल फोटो  

असार १२, २०८० | पाँचथर

बाढी पहिरोले पुल बगाएपछि आवागमन ठप्प भएको मेची राजमार्ग १० दिनपछि पुनः सञ्चालनमा आएको छ । आजबाट यातायातका साधन अस्थायी रुपमा आवत जावत गर्न थालेका छन् । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम–४ र हिलिहाङ–७ लाई जोड्ने हेवा खोलाको पुल असार २ गते राति आएको बाढीले बगाएपछि १० दिनयता अवरुद्ध थियो ।

हाललाई हृयुम पाइप राखेर डाइभर्सन गर्दै सो सडक खुलाइएको हो । बेलिब्रिज निर्माण थालेपनि सम्पन्न हुन समय लाग्ने भएकोले खोलामा डाइभर्सन गरी अस्थायी विकल्प खोजिएको सडक डिभिजन कार्यालयका प्रमुख बिदुर पोखरेलले बताउनुभयो । यस्तै, हेवा खोला पारी रोकिएका सय भन्दा बढी सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्दै गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया