काकालाई बाबु बनाएर नागरिकता बनाइदिदा दम्पती पक्राउ

असार १८, २०८० | बुटवल

बाबुको सट्टा काकाको नाम राखेर नागरिकता बनाउने क्रममा बुटवलमा एक दम्पति पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका १ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीय सीता कशौधन पक्राउ परेका हुन् ।

इलाका प्रशासन कार्यालय बुटवलमा सीताका ३ सन्तानलाई बाबुको नाममा दोस्रो पति अर्थात् काका रमेशको नाम राखेर नागरिकता बनाउन उनीहरु हिजो पुगेका थिए । वडाको सिफारिससहित पुगेका उनीहरुलाई इलाका प्रशासनले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।  


प्रतिक्रिया