पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु

असार १९, २०८० | अर्घाखाँची

अर्घाखाँचीमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु भएको छ । पाणिनि गाउँपालिका–१ स्थित गोवनपानीमा पहिरोले घर पुरिँदा १२ वर्षीय खुमबहादुर राष्कोटी, ११ वर्षीया अञ्जु राष्कोटी र १० वर्षीय धनबहादुर राष्कोटीको मृत्यु भएको हो ।

वडाध्यक्ष कमलप्रसाद पोखरेलका अनुसार गम्भीर घाइते १४ वर्षीय सचिन राष्कोटीलाई थप उपचारका लागि पाल्पा पठाइएको छ । बिहान ८ बजेतिर एक्कासी घरमाथिबाट पहिरो खस्दा चार जना पुरिएका थिए । 


प्रतिक्रिया