पूर्वी नवलपरासीका पहाडी क्षेत्रमा तीन गुणा बढी भाडा

असार १९, २०८० | पूर्वी नवलपरासी
पूर्वी नवलपरासीका पहाडी क्षेत्रका सडकमा सञ्चालित सवारी साधनले यात्रुबाट तोकिए भन्दा झण्डै तीन गुणा बढी भाडा असुल्दै आएका छन् । भाडादर असुली नियन्त्रण र अनुगमन गर्ने जिल्ला प्रशासनले चासो नदेखाउँदा यातायात व्यवसायीले वर्षौंदेखि आफूखुसी भाडा उठाउँदै आएका छन् ।
यस्तै, डेढगाउँबाट पाल्पाको रामपुरसम्म २२ किलोमिटर दूरीको भाडा ३ सय असुल्ने गरेको यात्रुको गुनासो छ । पक्की सडकमा प्रति किलोमिटर ६ रुपैयाँ भाडादर कायम गरिए पनि अनुगमन गर्ने यातायात र ट्राफिक प्रहरीले चासो नदिंदा मनपरी भाडा असुली हुँदै आएको स्थानीयको भनाइ छ ।
यातायात व्यवसायीले आफुखुसी भाडा असुल्ने गरेको र नियमनकारी निकाय रमिते भएको स्थानीयको गुनासो छ । पैसा तिरेपछि टिकट माग्दा टिकट पनि नदिने गरेको स्थानीय बताउँछन् ।