प्रधानन्यायाधीशद्वारा दाङ जिल्ला अदालत भवनको उद्घाटन

असार २२, २०८०

प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले सबै अदालतले छिटोछरितो र विना झन्झट न्याय प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताउनु भएको छ । दाङ जिल्ला अदालत भवनको उद्घाटन गर्दै उहांले अनेक दु:ख पाएर अदालत पसेका सेवाग्राहीले अदालतभित्र पनि गुनाशो गर्ने अबस्था आएमा त्यो दुखद् हुने बताउनुभयो । 

अहिले अदालतले न्याय र कानून नमर्ने गरी फैसला भन्दा मिलापत्रलाई महत्व दिएर न्याय सम्पादन गरिरहेको उहांले उल्लेख गर्नुभयो । न्याय ढिला दिंदा न्याय मरे सरह हुने कुराको महशुस गरी मुद्दाको छिटो किनारा लगाउन सरल मार्ग अपनाउने गरेको उहांको भनाई थियो । सरल प्रकृतिको मुद्दा ढिलोमा ६ महिनामा टुंगाउने गरेको कार्कीले जानकारी दिनुभयो । 


प्रतिक्रिया