बलानबिहुल गाउंपालिकाकी निवर्तमान उपाध्यक्ष भ्रष्टाचार मुद्धामा दोषी ठहर

असार २७, २०८०

सप्तरीको बलान बिहुल गाउंपालिकाकी निवर्तमान उपाध्यक्ष रुवी गुप्तालाई भ्रष्टाचार मुद्धामा विशेष अदालतले दोषी ठहर गरेको छ । बलान बिहुल गाउंपालिकाको वडा नम्बर ४ को भवन निर्माणमा निवर्तमान उपाध्यक्ष गुप्ता सहित ९ जना विशेष अदालतको आदेशमा दोषी ठहर भएका हुन् । 

विशेष अदालतका न्यायाधीस यमुना भटराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले आज गुप्ता समेत ९ जना उपर कसुर ठहर गरेको हो । काम भएको भन्दा नापी किताबमा बढी रकम देखाएर वडा कार्यालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान उपाध्यक्ष गुप्ता समेत ९ जना बिरुद्ध २०७९ साल बैशाख ४ गते विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

गुप्ता सहित सो मुद्धामा तात्कालिन प्रमुख प्रसासकिय अधिकृत महेशकुमार यादव, योजना प्रमुख रमेश मरिक यादव, सह लेखापाल सुभाष चन्द्र लाल, प्राविधिक शाखा प्रमुख सन्तोषकुमार रजकलाई समेत प्रतिवादी बनाएको थियो । यस्तै उपभोक्ता समितीका पदाधिकारीहरु समेतलाई प्रतिवादी बनाईएको सो मुद्धाका ९ जनै प्रतिवादीलाई विशेष अदालतले दोषी ठहर गरेको हो । 


प्रतिक्रिया