साफ च्याम्पियनसिप फुटबलको १५ औं संस्करण निर्धारित मितिमा नहुने

वैशाख ११, २०८२ | काठमाडौं
पुरुष साफ च्याम्पियनसिप फुटबलको १५ औं संस्करण पूर्वनिर्धारित मितिमा नहुने भएको छ । यसअघि सन् २०२५ जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा आयोजना हुने तय थियो ।
दक्षिण एसियाली फुटबल महासंघ साफले आज साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ । साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको थियो ।
सदस्य संघहरु र स्पोर्टस फाइभले प्रतियोगिता सहज रुपमा आयोजना गर्न अझ केही व्यवस्था आवश्यक रहेको साफले जनाएको छ । साफ च्याम्पियनसिप हरेक दुई वर्षमा हुने भनिएपनि नियमित समयमा हुन सकेको छैन ।