कार्यकतालाई प्रधामन्त्री ओलीको सन्देशः सरकार ढल्दैन, ८४ को चुनावमा केन्द्रीत हुनु

वैशाख ११, २०८२ | काठमाडौं

सरकार परिवर्तनको चर्चा भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको खण्डन गर्नुभएको छ । प्रतिपक्षी र सत्ता पक्षका केही दलका शिर्ष नेताहरुले सरकारको भविष्यलाई लिएर प्रश्न गरिरहेका बेला एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो सरकार नढल्ने बताउनुभएको हो ।

सरकार परिवर्तन हुने विषयमा सत्यता नभएको बताउँदै प्रधानमन्त्री ओलीले आफ्ना नेता कार्यकर्तालाई आगामी निर्वाचनका लागि केन्द्रीत हुन आग्रह समेत गर्नुभयो ।

सत्तारुढ एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको सन्दर्भ पारेर काठमाडौंमा आज कार्यक्रम गरेको छ । सरकारको कार्यशैलीलाई लिएर आलोचना बढिरहेका बेला जागरणसभा गर्दै आएको एमालेले काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ नाम दिएर कार्यक्रम गरेको हो ।

 कार्यक्रमलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, युवा संघका अध्यक्ष क्षितिज थेवेलगायतले सम्वोधन गरेका थिए । त्यस्तै केही कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका थिए । 


प्रतिक्रिया