महाकालीमा घट्यो जलस्तर, ठुला सवारी साधनको आवागमन सुरु

श्रावण ३, २०८० | कञ्चनपुर

कञ्चनपुरको महाकाली नदीमा पानीको वहाव घटेसंगै शारदा ब्यारेजको पुलमा चार पांग्रे सवारी साधनको आवागमन सुरु गरिएको छ । पछिल्लो मापनअनुसार महाकालीमा पानीको वहाव १ लाख ३ हजार क्युसेक पुगेको छ । 

जलस्तर घटने क्रममा रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । बिहान नदीमा पानीको वहाव १ लाख ५७ हजार क्युसेक पुगेको थियो । 


प्रतिक्रिया