गोली प्रहारबाट एकजनाको मृत्यु

श्रावण ५, २०८०

सुनसरीको तरहरा सडकखण्डको सेउती पुलमा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । लुटपाटमा परेका घाइते रोहित चौधरीको मृत्यु भएको प्रहरी श्रोतले जानकारी दिएको छ । गोली लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन् । 

धनकुटाको मुलघाटबाट विराटनगर आउंदै गरेका विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीमाथि अपरान्ह हतियारधारी समूहले लुटपाट गरेको थियो । गोली प्रहार गरी लुटपाटमा परेका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लुटेरा भने फरार भएका छन् ।


प्रतिक्रिया