किमाथांकामा टेलिकमको फोर जी सहितको जीएसएम सेवा सुरु

श्रावण ८, २०८० | संखुवासभा

संखुवासभाको किमाथांकामा नेपाल टेलिकमले पहिलो पटक फोर जी सहितको जीएसएम मोबाइल सेवा सुरु गरेको छ । टेलिकमले चीनको सिमावर्ती क्षेत्र किमाथांकामा सोमबारबाट फोर जी सहितको जीएसएम मोबाइल सेवा सुरु गरेको हो ।

दुर्गम उत्तरी क्षेत्र भोटखोलाको किमाथांका नाकामा सेवा सञ्चालन भएपछि स्थानीय लाभान्वित भएका छन् । यसअघि भोटखोलाका केही क्षेत्रका स्थानीयले नेपाल टेलिकमको सीडीएमए सेवा र चिनियाँ सिमकार्ड प्रयोग गर्दै आएका थिए । टेलिकमले जीएसएम सेवा सञ्चालन गरेपछि स्थानीयले खुसी व्यक्त गरेको खाँदबारीस्थित टेलिकमको कार्यालयका प्रमुख प्रेमकुमार राईले बताउनुभयो ।

प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीमा सेवा सुरु भएको दूई दशकपछि किमाथांकामा सेवा सञ्चालन भएको हो । किमाथांका नाका पुग्न सदरमुकाम खाँदबारीबाट कम्तिमा चार दिनको पैदल हिँड्नु पर्छ ।  


प्रतिक्रिया