मुगुका खाद्य डिपो रित्तिए

श्रावण १२, २०८०

मुगुमा तीन वटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् । गत चालु आर्थिक बर्षको खाद्यन्न कोटाको चामल ढुवानी भइ सकिएको र यो चालु आर्थिक बर्षको नयाा खाद्यन्न कोटा ठेक्का टेण्डर स्वीकृत नहुंदा श्रीकोट, पुलू, सोरुकोट खाद्य डिपो र कालै, रातापानी बिक्री केन्द्रका गोदाम साउनको सुरुवातमै रित्तिएको हाम्रा सहकर्मीले जनाउका छन् । 

गमगढीस्थित खाद्य ब्याबस्था तथा ब्यापार कम्पनीको गोदाममा गत चालु आर्थिक बर्षको स्वीकृत कोटा अर्न्तगत करिव ६ सय क्वीन्टल चामल जगेडा रहेको भेग क्षेत्रका डिपो र बिक्री केन्द्रका गोदाम खाली भएका छन् । नयाा ठेक्का टेण्डर स्वीकृत नहुादा सम्म डिपोमा चामल ढुवानी नहुने खाद्य ब्याबस्था तथा ब्यापार कम्पनीका प्रमुख पुष्कर भामले बताउनुभयो । यो चालु आर्थिक बर्षको चामल ढुवानीको लागि ठेक्का टेण्डर भइ सकेको स्वीकृत भएपछि चामल ढुवानी सुरु हुने उहांको भनाई छ । 


प्रतिक्रिया