लुम्बिनीमा सवारी दुर्घटनाबाट ४ वर्षमा १९ सय ४ को मृत्यु

श्रावण १३, २०८० | बुटवल

लुम्बिनी प्रदेशमा पछिल्लो ४ वर्षमा १ हजार ९ सय ४ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । १४ हजार ८ सय ८ जना घाइते भएका छन् । तीव्र गति, चालकको लापरबाही, कमजोर सडक लगायत कारणले सवारी दुर्घटना भएको लुम्बिनी प्रदेशको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार प्रदेशका १२ जिल्लामा ११ हजार ७ सय ६३ सवारी दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा मात्रै ३ सय ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया