मकवानपुरमा पहिरोले घर बगाउँदा १ को मृत्यु

श्रावण २३, २०८० | मकवानपुर

मकवानपुरको बागमति गाउँपालिका ५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता छन् । पहिरोले स्थानीय अक्कलबहादुर स्याङतानको घर बगाउँदा उनकी श्रीमती ५५ वर्षिया सन्तमायाको मृत्युभएको हो ।

पहिरोमा परि ५० वर्षीय अक्कलबहादुर स्याङतान, उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाईं अन्दाजी २५ वर्षका जीवन पहरी, ४ वर्षिय नाती मिलन पहरी र डेढ वर्षीया नातीनी दिव्या हराईरहेका छन ।

सोही घरमा पाहुना आएका सिन्धुली हरिहरपुरगढी गाउँपालिका–१ का १६ वर्षीय पासाङ घिसिङ पनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया