रुपन्देहीको बालसुधार गृहका बालकहरुको अवस्था दयनिय : अध्ययन प्रतिवेदन

श्रावण २७, २०८० | रुपन्देही

मापदण्ड विपरीत सञ्चालनमा रहेको रुपन्देहीको भैरहवास्थितको बाल सुधार गृहमा राखिएका बालकहरुको बिचल्ली भएको छ । कानूनी विवादमा परेका बालकहरुलाई राख्नका लागि बनाइएको सुधार गृहअव्यवस्थित हुँदा कष्टकर जीवन बिताउन बाध्य भएको सार्वजनिक सरोकार कानून व्यवसायी समूहको अध्यययन प्रतिवेदनले देखाएको छ ।

कानून व्यवसायी समूहले बुटवलमा आज अध्यययन प्रतिवेदन सार्वजनिक गर्दै सुधार गृहलाई सुधार गर्न र बालकहरुको उद्धार गर्न आग्रह गरेको हो । ५० जना क्षमता रहेको सुधार गृहमा अहिले ११ जिल्लाका७६ बालक छन् ।

सुधार गृह परिसरमा खुला स्थान नहुँदा कोचिएर बस्नु पर्ने तथा उनीहरुको लागि शौचालयको समेत उचित व्यवस्थानगरिएको प्रतिवेदनमा उल्लेख छ । एउटा कोठामा १७ देखि १८ जना बालकलाई राख्ने गरेको, खेलकुद र मनोरञ्जनका क्रियाकलापबाट समेत उनीहरुलाई वञ्चित गराएको पाइएको प्रतिवेदनमा भनिएको छ । 


प्रतिक्रिया