सुन तस्करी प्रकरणमा अनुसन्धानमा सघाउंछु : महरा

श्रावण ३०, २०८०

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीे प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार रहेको बताउनु भएको छ । दाङको घोराहीमा पत्रकारसंग महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि यो विषय छिटो टुंगोमा पुगोस् भन्ने पक्षमा आफू रहेको बताउनु भएको हो ।

पूर्वसभामुख समेत रहेका महराले अनुसन्धानका लागि आफूलाई बोलाउन भनेको भन्दै जुनबेला बोलाए पनि जान तयार रहेको उल्लेख गर्नुभयो । सुन तस्करी प्रकरणमा जोडिएका चिनियां नागरिक वाङलाई फलफूल व्यापारीका रुपमा मात्र चिनेको महराको भनाई थियो । सुन तस्करीका विषयमा कुनै पनि टेलिफोन संवाद् नगरेको समेत महराले दाबी गर्नुभयो ।


प्रतिक्रिया