गण्डकीमा ७ महिनापछि संसदीय समिति गठन

श्रावण ३०, २०८०

गण्डकी प्रदेशसभाको अधिवेशन सुरु भएको सात महिनापछि बल्ल संसदीय समिति गठन भएका छन् । प्रदेशसभाको आजको बैठकले संसदीय समिति गठन गरेको हो । राजनीतिक भागबण्डा नमिल्दा लामो समयदेखि संसदीय समिति गठन हुन सकेको थिएन् । संसदीय समितिले पूर्णता पाएपनि नेतृत्व चयन भने हुन सकेको छैन ।

पहिलो कार्यकालमा गठन भएका समितिको नाममा अहिले हेरफेर गरिएको छ । प्रदेशसभामा अर्थ तथा विकास, सार्वजानिक लेखा, प्रदेश मामिला तथा कानून र सामाजिक विकास तथा कृषि समिति गरी चार वटा संसदीय समिति रहने छन् । ६० सदस्यीय प्रदेशसभाका तीन वटा समितिमा १५/१५ र एउटामा १३ जना सदस्य रहने छन् । चार समिति मध्ये सार्वजानिक लेखा समिति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको कोल्टामा रहनेछ । बांकी तीन मध्ये दुई वटा कांग्रेस र एउटामा माओवादी केन्द्रले नेतृत्वको दाबी गरेका छन् । 


प्रतिक्रिया