दुई महिनापछि संस्कृत विश्वविद्यालयका सबै ताला खुले

श्रावण ३१, २०८०

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका बिभिन्न निकायमा लगाइएका ताला दुई महिनापछि खुलेका छन् । समिति र बिद्यार्थी संगठनबीच भएको वार्तामा सेवा आयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थानसाग सम्बन्धित मागहरु पूरा गर्ने सहमतिपछि सेवा अयाोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा लगाएको ताला खुलेका हुन् । नेपाल विद्यार्थी संघले असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएका थिए । 

केन्द्रीय कार्यालयमा लागेको ताला झण्डै दुई महिनापछि गत शुक्रबार खुलेको थियो । केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले असार ३ देखि केन्द्रीय कार्यालयमा ताला लगाएको थियो । ताला खुलेपछि विश्वविद्यालयका सबै कामहरु सुचारु भएका छन् । विश्वविद्यालयले तालाबन्दीबारे निकास निकाल्न सहप्रशासक सुरजकुमार लामाको संयोजकत्वमा पााच सदस्यीय वार्ता समिति गठन गरेको थियो । समिति र विद्यार्थी संगठनबीच भएको वार्तामा सेवा आयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थानसाग सम्बन्धित मागहरु पूरा गर्ने सहमति भएपछि ताला खुलेको वार्ता समिति सदस्य उपप्राध्यापक सुधिर कुमार पोख्रेलले बताउनुभयो । वार्तामा सेवा अयोगका सबै परीक्षाहरु लोक सेवा आयोगलाई सञ्चालन गर्न दिने र यसअघिका परीक्षामा अनियमितता भएको भनिएको बिषयमा छानविन गर्ने जिम्मेवारी विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेलाई दिने निर्णय भएको पोख्रेलले जानकारी दिनुभयो । 

 यसैगरी आयुर्वेदको पाठ्यक्रम परिमार्जन गर्ने, प्रयोगात्मक परीक्षाको छात्रवृती २०७९ साउनदेखि लागू हुनेगरी ५० प्रतिशत बृद्धि गर्ने, परीक्षालाई कोडि», डिकोडि» प्रणालीमार्फत सञ्चालन गर्न एक अध्ययन समिति गठन गर्ने र पठनपाठन नियमित सञ्चालन गर्ने सहमति भएको पोख्रेलको भनाइ छ । सेवा आयोगको कार्यालयमा तालाबन्दी भएपछि असार २१ गतेदेखि सुरु उपप्राध्यापक र बरिष्ठ प्रशिक्षकको परीक्षा र असार २७ देखि सुरु सहप्राध्यापकका परीक्षाहरु स्थगित भएका थिए । तालाबन्दीका कारण लामो समयसम्म विश्वविद्यालयका आर्थिक, प्रशासनिक कामहरु ठप्प भएका थिए ।


प्रतिक्रिया