कान्तिपुरकर्मी परियार पर्वतारोहण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित

श्रावण ३१, २०८०

कान्तिपुर दैनिक पोखराका संवाददाता दीपक परियार पर्वतारोहण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पर्वतारोहण संघ, गण्डकीले १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनका अवसरमा परियारलाई आज सम्मानित गरेको हो । 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पत्रकार परियारलाई नगद १० हजारसहितसम्मान गर्नुभयो । सो अवसरमा प्रमुख आचार्यले आगामी डिसेम्बरभित्र पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने बताउनुभयो । पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु गर्न भारतलाई आग्रह गरेको उहााको भनाइ छ ।  


प्रतिक्रिया