महाकालीमा पानीको वहाव बढेपछि चार पांग्रे सवारी साधन आवमगनमा रोक
भाद्र ८, २०८०
महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजको बनबासा पुलमा दुई दिनदेखि चार पांग्रे सवारी साधन आवागमन बन्द भएको छ ।
हिजो बेलुकादेखि पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज महाकालीमा पानीको वहाव १ लाख १० हजार २९० क्युसेक पुगेको छ ।
प्रहरीका अनुसार बिहान १ लाख ५ हजार क्युसेक थियो । सयवर्ष पुरानो पुल जीर्ण भएका कारण जोखिम हुन सक्ने भन्दै नदीमा पानीको वहाव १ लाख क्युसेक नाघ्ने वितिक्कै ठुला सवारी साधन आवागमनमा रोक लगाइदैं आएको छ ।