धरानमा सामाजिक सद्भाव कायम राख्ने नेताहरुको प्रतिबद्धता

भाद्र ९, २०८० | काठमाडौं

धरानका स्थानीय प्रमुख राजनीतिक दलहरुले सामाजिक सद्भाव कायम राख्न आफूहरु प्रतिवद्ध रहेको जनाएका छन् । सामाजिक सद्भाव बिथोल्न प्रयासहरु भइरहेकाले त्यसलाई रोक्न राजनीतिक दल, नागरिक समाज र स्थानीय प्रशासन प्रतिवद्ध रहेको कांग्रेस जिल्ला नेता तथा निवर्तमान नगरप्रमुख तिलक राईले बताउनुभयो । सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट अराजकता फैलाउन भइरहेका प्रयास रोक्न प्रतिवद्ध रहेको उहााले बताउनुभयो ।

दलहरुबीचको आपसी सहमतिमा सद्भाव कायम राख्ने सहमति भएको माओवादी केन्द्रका नगर इन्चार्ज चोल्लु राईले बताउनुभयो ।

एमालेका नगर अध्यक्ष हर्कजंग लिम्बुले धरानका जनताको आत्मसम्मानमा ठेस पुर्‍याउने गरी भइरहेका गलत प्रचारको पछी नलाग्न आग्रह गर्नुभयो । उहााले समस्या समाधानका लागि सबै दलहरु एकमत भएको बताउनुभयो ।

यसैबीच, जिल्लास्थित नागरिक समाजको अगुवाई गरिरहेका पुर्वमेयर कुमार बहादुर कार्कीले समस्याको समाधानको प्रयास भइरहेको बताउनुभयो । उहााले कानुन विपरित कुनै पनि क्रियाकलाप नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो । 


प्रतिक्रिया