लालबकैया नदीको बाढीले गर्‍यो कटान, बांध नजिकका बस्तीलाई सतर्क रहन आग्रह

भाद्र १०, २०८० | रौतहट

शनिबारदेखी परेको अविरल बर्षाका कारण लालबकैया नदीमा आएको बाढीले रौतहटको मौलापुर नगरपालीका–१ स्थित मर्यादपुर गाउँ नजिकैको पश्चिम पट्टिको बाध कटान गरेको छ । लालबकैयाको बाढीले सो ईलाकाको बाधलाई करिब १ सय मिटर पुर्ण रुपमा कटान गरेको छ । कटानपछि स्थानियले लगाएको केरा खेतीमा क्षति पुगेको छ ।

लालबकैयाले झण्डै १ सय मिटर जति बांध नजिकको क्षेत्र कटान गरेपछि एउटा बिजुलीको पोल समेत बगाएको छ । नदि गाउँमा प्रवेश नगरे पनि स्थानिय त्रासमा छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहित सुरक्षा अधिकारीको टोली पुगेर शनिबारदेखी नै कटान नियन्त्रणको काम सुरु गर्न नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली परिचालन गरेका छन् । क्षेत्रमा बासको पाईलिङ गरेर बोरा राख्ने काम भईरहेको प्रजिअ मिश्रले जानकारी दिए ।

लालबकैया नदिमा आएको बाढीले मर्यादपुर गाउ नजिक झण्डै १ सय फिट कटान गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार बाढीले बांध नजिक कटान गर्दा केही केरा खेती र एउटा बिद्युतको पोल समेत बगाएको छ । ‘हामी निरन्तर कटान नियन्त्रणका लागी साना स्पर जस्तै बास र बोरा राख्ने काम गरेका छौ,’ उनले भने, ‘बासको पाईलिङ र बोराले पानीको बहाब कम हुन्छ र कटान रोकिन्छ ।’

गत बर्ष पनि यही क्षेत्रमा कटान गरेको थियो । कटानको जोखीम बढ्दै गएपछि स्थानीय प्रशासनले नजिकका गाउका स्थानीयलाई सुरक्षित स्थानमा बस्न सचेत गराएको छ । कटान गरेको क्षेत्रमा बागमति तथा लालबकैया नदि नियन्त्रण आयोजनाका प्राविधिकहरु समेत खटेको प्रजिअ मिश्रले जनाकारी दिए । केही दिन देखी परेको बर्षाका कारण बागमति र लालबकैयामा आएको बाढीले क्षति पुर्‍याएको ब्रम्हपुरी, दुर्गाभगवती, माधवनारायण, बौधीमाई र म्ौलापुर लगायतको क्षेत्रमा कटान नियन्त्रणको काम भईरहेको प्रजिअ मिश्रले जानकारी दिए । 


प्रतिक्रिया