सिन्धुलीबाट १४२ बोरा भारतीय ब्राण्डको चामल बरामद

भाद्र १२, २०८० | सिन्धुली

भारतबाट अवैध रुपमा भित्र्याएको १ सय ४२ बोरा चामल सिन्धुलीबाट प्रहरीले मंगलबार बरामद गरेको छ । सलार्हीबाट काठमाडौं ल्याउँदै गरेको सो परिमाण बराबरको चामल कमलामाइ नगरपालिका–९ बाट प्रहरीले बरामद गरेको हो । 

प्रदेश २–०३–००१ ख ७०६५ नम्बरको ट्रकमा सर्लाहीबाट काठमाडौं ल्याउँदै गरेको भारतीय ब्राण्डको १ सय ४२ बोरा चामल वीपी राजमार्ग अन्तर्गत कमलामाइ–९ बाट नियन्त्रणमा लिइएको भिमानस्थित इलाका प्रहरी कार्यालले जनाएको छ । 

चामलसहित सर्लाहीको हरिपुर–७ घर भएका २९ वर्षीय चालक अजय चौधरी र ट्रकलाई जनकपुरस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिनुभयो । 

भारतले केही ब्राण्डका चामल निर्यातमा प्रतिबन्ध लगाएको र कर समेत बढाएको भन्दै सिन्धुलीमा अवैध धन्दा मौलाएको छ । सिन्धुलीमा गोदाममा राखी रामेछाप, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु लगायत पहाडी जिल्लाहरुमा व्यापारीहरुले चामल निर्यात गर्दछन् ।


प्रतिक्रिया