बर्दिया कारागारबाट एक कैदी फरार, खोजिमा कुकुर परिचालन

भाद्र १७, २०८० | बर्दिया

बर्दिया कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका एकजना कैदी फरार भएका छन् । ठाकुरबाबा नगरपालिका—८ का २७ वर्षीय अजित बुढाक्षेत्री आज विहान ३ बजे कारागार परिसरमा लगाइएको पर्खालबाट हामफालेर फरार भएको प्रहरीले जनाएको छ ।

फरार भएका क्षेत्रीको खोजिका लागि छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्र समेत प्रहरी परिचालन गरिएको बर्दिया प्रहरीका सूचना अधिकारी हिक्मत बहादुर बोहोराले बताउनुभयो । ०७१ सालमा ठाकुरबाबा—८ का जोरा सिंह थापाको हत्या अभियोगमा पक्राउ परेका बुढाक्षेत्रीलाई अदालतले ३० वर्षको कैदको फैसला गरेको थियो ।

बुढाक्षेत्रीलाई एक वर्ष नहुँदै कारागार प्रशासनले पानी नाइके बनाएको थियो । सामान्यत १/२ वर्ष सजाय हुन बाॅकी रहेकालाई चौकीदार र नाइके बनाउने प्रचलन भए पनि कारागार प्रशासनको लापरवाहीले भएको पाइएको छ ।

 उनको खोजिका लागि जासुसी कुकुरको परिचालन गरिएको छ भने सीमावती क्षेत्रमा शसस्त्र प्रहरी खटिएको छ । फरार क्षेत्रीले एक वर्ष मात्र कैद साजय भुक्तान गरेका छन् । करिब नौ वर्ष अघि बुढाक्षेत्री जिल्ला अदालत,बर्दियामा वयानका लागि ल्याएको अवस्थामा शौच गर्ने बहानामा हतकडी सहित फरार भएका थिए ।


प्रतिक्रिया