एमाले लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा जारी

भाद्र १७, २०८० | बुटवल

नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा पेश भएको राजनीतिक प्रतिवदेनमाथि अहिले छलफल चलिरहेको छ ।

बुटवलको रामनगरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा सुरु बन्दसत्रमा प्रतिनिधिहरुले प्रतिवेदनमाथि छलफल गरिरहेका छन् । सो प्रतिवेदन पारित गरेर आजै नयाँ नेतृत्व चयन प्रक्रियामा जाने अध्यक्ष मण्डलका सदस्य एवं पोलिटब्यूरो सदस्य सूर्य थापाले बताउनुभयो ।

अध्यक्षका लागि निवर्तमान राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरी रिजाल आकांक्षी हुनुहुन्छ । बन्द सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गरिनुपर्ने धारणा राखेपनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम छ ।

अधिवेशनमा सहभागी १ हजार ४ प्रतिनिधिले २ सय ५ सदस्यीय प्रदेश कमिटि चयन गर्नेछन् । 


प्रतिक्रिया