सल्यानमा बस दुर्घटना हुंदा ९ जना घाइते

भाद्र १७, २०८०

सल्यानमा बस दुर्घटना हुंदा ९ जना घाईते भएका छन् । बाग्चौर नगरपालिकाको बाफुखोलाबाट दाङको तुलसीपुर जांदै गरेको २७ जना सवार यात्रुवाहक बस चौफारी भन्ने स्थानमा दुर्घटना भएको हो । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर र सात जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो । बस अनियन्त्रित भएर सडकमै दुर्घटना भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया