एमाले लुम्बिनी प्रदेश अधिवेशनको मतगणना सुरु

भाद्र १९, २०८०

बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतगणना प्रक्रिया सुरु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपरान्ह पौने ५ देखि मतगणना कार्य शुरु भएको हो । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले सबै मत गनेर नतिजा आजै सार्वजनिक गर्ने बताउनुभयो । नयां नेतृत्व चयनका लागि ९ सय ६५ जनाले मतदान गरेका थिए । २ सय ५ कमिटीका लागि अध्यक्ष सहित १ सय २१ जना चुनावी मैदानमा छन् । 

पदाधिकारीमा सचिव सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । लुम्बिनीका १२ जिल्लाका एक हजार ५ प्रतिनिधि अधिवेशनमा सहभागि भएका थिए । एमाले लुम्बिनीको नया नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् । 

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ एवं विश्वराज बराल बांकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीबीच प्रतिस्पर्धा छ । सचिव निर्विरोध छ भने उपसचिव खुलामा ३ र महिलामा ३ जना प्रतिस्पर्धामा छन् । ५ पदाधिकारीमध्ये ४ पदमा निर्वाचन भएको छ । भुगोलतर्फ रुपन्देही, गुल्मी, बांके र दाड. जिल्ला गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको

हो ।


प्रतिक्रिया