कोशीमा पांच सदस्यीय मन्त्रिपरिषद् विस्तार

भाद्र २२, २०८०

कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पांच सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ । नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पांचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गर्नु भएको छ । 

मेन्याङ्बोलाई खानेपानी, सिंचाइ तथा उर्जा र स्वास्थ्य मन्त्रालय, पांचकर्ण राईलाई वन वातावरण तथा पर्यटन मन्त्रालय र उद्योग, भुमि ब्यवस्था तथा कृषी मन्त्रालय, कार्कीलाई भौतिक पुर्वाधार विकास मन्त्रालय र सृजना राईलाई सामाजिक विकास राज्यन्त्रीमा नियुक्त गरेको छ । 

नवनियुक्त मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसंगै रखेका छन् । तीनै जना मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङ्ले र राज्यमन्त्री राईलाई नवनियुक्त मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

सर्वोच्च अदालतले हिजो दिएको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सो धाराको उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनुहुनेछ । 


प्रतिक्रिया