लामखुट्टे मार्ने औषधि एक महिनादेखि गोदाममै थन्कियो

भाद्र २२, २०८०

रौतहटको चन्द्रपुर नगरपालिकाले लामखुट्टे नियन्त्रणको लागि खरिद गरेको कीटनाशक औषधि एक महिनादेखि गोदाममै थन्किएको छ । लामखुट्टे र डेंगीको संक्रमण नियन्त्रणका लागि नगर प्रमुख सञ्जय कुमार काफ्लेको पहलमा एक महिना अघि कीटनाशक औषधि खरिद गरिएको थियो । 


नगर प्रमुख काफ्लेले औषधि छर्कन चासो नदेखाएको भन्दै जनप्रतिनिधि र स्थानीयवासिन्दा रुष्ट छन् । उहांले औषधि खरिद गरेपछि चन्द्रपुरका १ देखि १० वटै वडामा पठाइने जानकारी समाजिक सञ्जालमा मार्फत दिनु भएको थियो । 

औषधि खरिद गरेको महिनादिन भईसक्दा पनि नगर प्रमुखले उपलब्ध नगराएको वडा नम्बर–४ का अध्यक्ष रवि रानामगरले बताउनुभयो । अहिले डेंगीको संक्रमण बढीरहेको अवस्थामा पनि नगरपालिकाले यसको नियन्त्रणका लागि चासो नदेखाएको भन्दै आलोचना भईरहेको छ ।


प्रतिक्रिया