बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

भाद्र २२, २०८०

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाास काट्ने क्रममा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सम्झना सामुदायिक वनमा घाास काट्ने क्रममा मधुवन–३ की ५२ वर्षीया काली वंशीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको थियो । 

महिलाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरिया लगिएको डीएसपी बोहोराले बताउनुभयो । सो सामुदायिक वनमा ४ वर्षयता बाघको आक्रमणबाट १३ जनाको ज्यान गइसकेको छ । 


प्रतिक्रिया