दाङमा सवारी दुर्घटना: १ जनाको मृत्यु, ६ घाइते

भाद्र ३१, २०८० | दांग

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ स्टार चोकमा आज फोर्स गाडीले अटोरिक्सालाई ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर– १६ डोक्रेनाबाट तुलसीपुर जांदै गरेको रा १ ह ४४५९  नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते अटोमा सवार तुलसीपुर–१६ डोक्रेनाका १३ वर्षीय दामोदर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमाउपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटनामा ६ जना घाइते छन् । अटो चालक तुलसीपुर६ गोलौराका ५७ वर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।

अटोमा सवार तुलसीपुर–१६ डोक्रेनाका ११ वर्षीया वर्षा बस्नेत, उनकी ६ वर्षीया बहिनी श्रृष्टी बस्नेत र १८ वर्षीया अञ्जु डाँगी घाइते भएका छन् । अन्य दुईको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहेको छ ।


प्रतिक्रिया