बुटवल बसपार्कमा यात्रुलक्षित स्मार्ट रिफ्रेस सेन्टर बनाउन सुरु

आश्विन २, २०८० | बुटवल

बुटवल बसपार्कमा १ करोड ८० लाख ८४ हजार रुपैयाँ लागतमा यात्रुलक्षित स्मार्ट रिफे्रेस सेन्टर बनाउन सुरु गरिएको छ । बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षितरुपमा विकास गर्ने उदेश्यले बुटवल उपमहानगरले स्नानगृहसहितको रिफे्रस सेन्टर बनाउन थालेको हो ।

रिफ्रेस सेन्टरमा ३० वटा शौचालय, १० वटा स्नान गृह र विश्रामस्थल बनाइने छ । महिलाका लागि सेनेटरी प्याडको प्रवन्ध र बालबालिका हेरचाहका लागि उपयुक्त स्थलसमेत रहने उपमहानगरले जनाएको छ । आज शिलान्याश भएको सो रिफ्रेस सेन्टर आगामी असारभित्रै निर्माण सम्पन्न हुने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । 


प्रतिक्रिया