बर्दिया कारागारका जेलर विकलाई कारवाही गर्न सिफारिस

आश्विन ६, २०८० | बर्दिया

जिल्ला कारागार बर्दियाका जेलर सन्तोष विकलाई कारवाहीको लागि सिफारिस गरिएको छ । गत भदौ १७ गते कारागारमा कैदी जीवन बिताउँदै आएका अजित बुढाक्षेत्री फरार भएको घटनाको छानविन टोलीले विकलाई कारवाहीको लागि सिफारिस गरेको हो ।

यस्तै कैदी फरार भएका दिन कारागारको सुरक्षार्थ खटिएका कर्मचारी सहित सुरक्षा प्रमुखमाथि छानबिन गर्न जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ । कैदी फरार हुनुमा जेलर विकको कमजोरी र हेलचेक्र्याई भएको पाइएकाले कारबाहीका लागि गृहमा सिफारिस गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले जानकारी दिनुभयो ।

कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त बुढाक्षेत्रीलाई अहिलेसम्म भेटिएको छैन । जिल्ला अदालत, बर्दियाबाट ३० वर्ष कैद सजाय पाएका बुढाक्षेत्रीलाई एक वर्ष कैद भुक्तानी नहुँदै जेलर विकको निर्देशनमा नाइके बनाइएको थियो । 


प्रतिक्रिया