अविरल वर्षापछि धनगढी बजार जलमग्न

आश्विन ८, २०८० | धनगढी

गएरातिदेखि परेको निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा बजार क्षेत्र जलमग्न भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल पनि डुबानमा परेको छ । 

बजार क्षेत्र जलमग्न भएपछि आवागमन प्रभावित भएको छ । निर्माणाधिन मुख्य सडक डुबानमा परेको धनगढीमा पार्क मोडदेखि कैलाली पुलसम्मको सडक जलमग्न भएको छ । 

धनगढी उपमहानगरपालिकाले स्काइभेटर परिचालन गरेर पानी निकासको प्रयास गरिरहेको छ । धनगढी बजार क्षेत्रको मुल सडक चौराहदेखि क्याम्पस रोडसम्म पुरानो सडक भत्काएर चौडा बनाउने काम भइरहेको छ । नालीमा पानीको निकास नभएकाले सामान्य वर्षामा पनि धनगढी जलमग्न हुने गरेको छ । 


प्रतिक्रिया