दुई युवतीमाथि सामुहिक बलात्कार

आश्विन १३, २०८० | सर्लाही

सर्लाहीको मलंगवामा दुई युवतीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । धनुषाका अनिकितकुमार यादव र पर्साका सुजित चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । मलंगवा नगरपालिकास्थित एक कलेजमा अध्ययनरत्त दुई युवतीले आफुहरुमाथि ती युवकले सामूहिक बलात्कार गरेको भन्दै उजुरी दिएका थिए ।

गत भदौ ३१ गते राती आफूसँगै पढ्ने साथीहरुले बलात्कार गरेको भन्दै पीडितले असोज ९ गते (मंगलबार) प्रहरी कार्यालयमा उजुरी दिएपछि सोे घटना बाहिर आएको हो । घटनाका आरोपित एक जना भने फरार रहेको सर्लाही प्र्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।  


प्रतिक्रिया