दाङमा एक दम्पत्ति मृत फेला

आश्विन २०, २०८० | दाङ

दाङको तुलसीपुरमा आज एक दम्पत्ति मृत फेला परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका ४ फालाबाङ घर भई हाल तुलसीपुर ९ बेलुवामा बस्दै आएका करिब २७ वर्षीय शुसिल भण्डारी र उनकी २३ बर्षीया श्रीमती पवित्रा डाँगी कोठाभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभयो । शुसिल पंखामा झुन्डिएको र पवित्रा खाटमा मृत फेलापरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । पवित्राको शरिरमा चोट देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया