सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर गर्दैन : कोइराला

कार्तिक ३, २०८०

प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताउनु भएको छ । विराटनगरमा पत्रकारसंग कुरा गर्दै कोइरालाले कोशी प्रदेशसभाको जटिल अंक गणितले मध्यावधि निर्वाचन टार्न मात्रै एमालेसाग मिलेर सरकार गठन गरिएको बताउनु भयो । उहांले यसको असर गठबन्धन, संघीय सरकारलगायत अन्य प्रदेशमा नपर्ने उल्लेख गर्नुभयो ।

प्रदेशसभा जोगाउन मुख्यमन्त्री केदार कार्कीले विऽोह गरेको उहांको भनाई थियो । गठबन्धनले गरेको निर्णयका आधारमा राप्रपाको भर परेर मुख्यमन्त्री नियुक्ति प्रक्रियामा गएको भए प्रदेसभा विघटन भएर मध्यावधिमा जाने निश्चित भएको विश्वासको मत नदिएकोबाट पनि प्रष्ट भइसकेको उहांको भनाई छ । उहांले कोशी सरकार अहिले सरकार गठन भएको अवस्थालाई नै समेटेर विस्तार हुने बताउनुभयो । प्रदेश सरकार विस्तार दशैंपछि मात्रै हुने कोइरालाको भनाई थियो ।


प्रतिक्रिया